माछाको जोहो गर्दै थारु महिला

असल शासन प्रतिनिधि

– कुमार चौधरी

खेतीपाती सकिए संगै थारु महिलाहरूलाई खोला, नदिमा माछा मारेको देख्न सकिन्छ । आफ्नै कला सँस्कृतीमा रमाउने थारु समुदायको माछा मार्ने शैली पनि परम्परागत नै छ । माछा थारु समुदायको एक बिशेष परिकार हो । चाडवाडमा माछालाई बिशेष महत्व दिइन्छ । यति बेला मारेको माछा दशैं तिहारमा खानाको लागि सुकाएर राख्ने गरिन्छ । दशैँमा देउतालाई चढाउनको लागि सुकाएको माछा चाहिने हुनाले पनि यतिबेला देखिन माछाको जोहो गर्ने गरिन्छ ।

  • २६ भाद्र २०७६, बिहीबार प्रकाशित

  • Nabintech