कोपिला भ्याली सेवा समाजको सामाजिक परीक्षण

असल शासन प्रतिनिधि

सुर्खेत/कोपिला भ्याली सेवा समाज सुर्खेतको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

समाजका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा शनिवार सामाजिक परीक्षण सम्पन्न भएको हो ।

सामाजिक परीक्षणका सहभागिहरुले कोपिला भ्याली समाजले गरेका कार्यहरुको प्रशंसा गरे । जिल्ला समन्वय समिति सुर्खेतका संयोजक गंगाराम सुनारले संस्थाले बालबालिकाका लागि अतुलनिय कार्य गरेको बताए ।

सामाजिक परीक्षक नमस्कार शाहले प्रारम्भिक प्रतिबेदन प्रश्तुत गरेको कार्यक्रममा बिरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष शेर बहादुर के.सी., राष्ट्रिय बाल अधिकार परिषदका समन्वय अधिकृत डम्बर रोकाय, विलिंग नाओ फाउण्डेसनका प्रकाश ढकाल लगायतले बोलेका थिए ।

संस्थाका प्रबन्ध निर्देशक टोप बहादुर मल्लले स्वागत गरेको कार्यक्रममा कार्यक्रम प्रबन्धक टेक अधिकारीले उद्धेश्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको समापन समाजका अध्यक्ष कृष्ण बहादुर थापाले गरेका थिए । कार्यक्रम मन भण्डारीले सञ्चालन गरेका थिए ।

कोपिला भ्याली सेवा समाजले वालवालिका, महिला, स्वास्थ्य, जनचेतना जगाई समृद्ध समाजको विकासमा काम गदै आइरहेको छ । यसले हाल कोपिला भ्याली स्कुल, कोपिला भ्याली वाल गृह, वालिका संरक्षण केन्द्र, महिला सशक्तीकरण केन्द्र, प्रथामिक उपचार केन्द्र जस्ता कार्यक्रम संचालन गदै आइरहेको छ । संस्थाले विभिन्न कार्यक्रम मार्फत दुर्गम तथा पिछडिएका, गरिव, हिंसामा परेका, टुहुरा वालवालिका तथा तिनका अविभावकलाई सहयोग पनि गर्दे आएको छ ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech