बिश्व आत्महत्या दिवसको अवसरमा शिबिर

सुशिला थारु

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्वर ४ मा एकदिन मानसिक स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

बिश्व आत्मा हत्या रोकथाम दिवस २०२२ को अवसरमा ४ नम्वर वडा कार्यालयको आयोजना र एसियन फार्मास्युटिकल्सको सहकार्यमा सो शिबिर सम्पन्न भएको हो ।

शिविरमा नशा तथा मनोरोग विशेषज्ञ डा. मो. ऎनुददिन बगवानको विशेष उपस्थितिमा २१ जना मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई निशुल्क उपचार गर्नुका साथै औषधि र परामर्श सेवा दिएको वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए ।

सो शिविरमा डा. मो. ऎनुददिन बगवानले मानसिक स्वास्थ्य समस्या के हो ? मान्छे किन आत्मा हत्या गर्छन् ? यसले स्वयम ब्यक्ति , घर, परिवार, समाज र देश लाई कस्तो असर गर्छ ? के कारण यस्तो समस्या देखिन्छ ? यसलाई निर्मुल पर्ने कुरा हरु के के हुन् लगायतका बिषयमा प्रकाश पारेका थिए ।

  • २७ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech