सूचना साक्षरता बारे छलफल

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बिद्यार्थी, युवाहरुलाई सूचना साक्षरताबारे जानकारी गराउने उद्धेश्यले सूचना साक्षरता बारे छलफल गरिएको छ ।

अकाउण्टबिलिटि ल्याव र बास नेपालको संयुक्त आयोजनामा नेपालगञ्जको मध्यपश्चिम बहुमुखी क्याम्पसमा सो कार्यक्रम फाल्गुण २४ गते सम्पन्न भएको हो ।

क्याम्पसमा स्नातक तह अध्ययनरत ७० जना बिद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सूचनाको हक, खुला सरकार, खुला तथ्याँकबारे प्रशिक्षण दिएका थिए ।

२ घण्टा भन्दा बढि समय सम्म चलेको उक्त कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्दै सहभागिहरुलाई अकाउण्टबिलिटि ल्यावका फेलो तपेन्द्र बहादुर मलातीले स्वागत गरेका थिए ।

कार्यक्रमको अन्तमा सहभागिहरुले छलफलबाट सूचना, तथ्याँक बारे स्पष्ट जानकारी भएको बताउँदै सार्वजनिक सरोकारका बिषयमा सूचना माग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

 

  • २८ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech