कोहलपुरमा अभिभावक शिक्षा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मन्टेश्वरी एशाेसियसन बाँकेकाे आयाेजनामा “अभिभावक शिक्षा कार्यक्रम” भव्य रुपमा सम्पन्न भएकाे छ ।

काेहलपुर स्थित हाेटल कृष्णामा आयाेजित कार्यक्रममा काेहलपुर नगर क्षेत्र भित्र संचालनमा रहेका मन्टेश्वरी बिधालयका करिब १०० जना अभिभावकहरुलाई मन्टेश्वरी बिधिकाे प्रयाेगात्मक सिकाईकाे बारेमा सहजिकरण गरिएकाे थियाे ।

कार्यक्रममा एशाेसियसनका काेषाध्यक्ष खिमा थापाले मन्टेश्वरी बिधिका ५ वटा विषयहरु (PLE, Sensorial, Mathematics, Language & Social) काे बारेमा चर्चा गर्नुका साथै १३ जना अभिभावकहरुलाई प्रयाेगात्मक सिकाईमा सहभागी गराईएकाे थियाे ।

प्रयाेगात्मक अभ्यासमा सहभागी भए पश्चात अभिभावकहरुले याे विधि प्रभावकारी रहेकाे बताउदै मन्टेश्वरी बिधालयमा पढ्ने बालबालिका अन्य बिधालयमा पढ्ने बालबालिका भन्दा हरेक कुरामा अब्बल रहेकाे कुरा बताए ।

करिब साढे दुई घण्टा चलेकाे कार्यक्रमकाे सभापति एशाेसियसनका अध्यक्ष लुना बुढाथाेकीले अभिभावकहरुका सकारात्मक प्रतिक्रियालाई सम्बाेधन गर्दै मन्टेश्वरी बिधालयमा बालबालिकाकाे उमेर अनुसार खेलसङ्गै सर्वाङ्गिण विकास सहितकाे सिकाई हुने कुरा राखिन ।

एशाेसियसनका सह-काेषाध्यक्ष सिता पाैडेलकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रम आयाेजक संस्थाका सचिव प्रभा थापाले सञ्चालन गरेकी थिईन् ।

  • १४ माघ २०७९, शनिबार प्रकाशित

  • Nabintech